ओली समूहको सातै प्रदेशमा कार्यकर्ता भेला

608
views

काठमाडौ, ८, पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने तयारी गरेको छ । दुईदिन भित्र सम्पन्न गरिने भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षणको समेत तयारी गरिएको छ ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि केन्द्रिय नेताहरु पूग्ने भएका छन् । बागमती प्रदेशमा पार्टीका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल र आनन्द पोखरेल, सुदूरपश्चिममा लेखराज भट्ट, कर्ण थापा र प्रदीप ज्ञवाली, कर्णाली प्रदेशमा शंकर पोखरेल र यामलाल कँडेल, लुम्बिनीमा खिमलाल भट्टराई, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश दुईमा सत्यनारायण मण्डल र सुमन प्याकुरेल लगायत नेतालाई भेला संयोजनको जिम्मा दिइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले बुधबार सातै प्रदेशमा भेला गर्ने निर्णय गरेको थियो । ओली समूहले ०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको छ । त्यसकै लागि भन्दै ४ सय ४६ सदस्यीय केन्द्रीय कमिटीमा ५ सय ५६ सदस्य थपेर १ हजार १ सय ९९ सय सदस्यीय बनाइएको छ ।