उखु किसानको आन्दोलन संसद विघटनको भुमरीमा

922
views

काठमाडौं, ९, पुस । उखु बेचेको भुक्तानी लिन राजधानीमा धर्ना दिईरहेका उखु किसानको आन्दोलन राजनीतिक भुमरीमा परेको छ । उखुको ९० करोड बक्यौता रकम उठाउन ११ दिनदेखि राजधानीका सडकमा आन्दोलनरत किसानको संसद् विघटन गर्ने सरकारको पछिल्लो कदमपछि उनीहरुको मुद्दा पनि राजनीतिक भुमरीमा परेको हो ।

सर्लाही, रौतहट, कपिलवस्तु, नवलपरासी, बारालगायतका जिल्लाबाट आएका किसान गौशालास्थित धर्मशालामा बसेका उनीहरुलाई खानबस्न र खाजाको संकट लागेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्योगहरूले भुक्तानी दिने क्रम सुरु भएकाले आन्दोलन स्थगित गर्न किसानलाई आग्रह गरेपनि पूरै भुक्तानी नपाएसम्म आन्दोलन जारी राख्ने बताए उनीहरुलाई ‘हाम्रो टिम नेपाल’ समूहले गौशालाबाट माइतीघरसम्म ल्याउने र पु¥याउने तथा चिया–खानामा सहयोग गरिरहेको छ ।

सर्लाही उखु किसान संघर्ष समितिका सचिव हरिश्याम रायका अनुसार यो समूहले धर्मशालामै बेलुकाको खाना र दिउँसो आन्दोलनस्थलमै चिया खुवाइरहेको छ ।