पश्चिमी वायु सक्रिय हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली

764
views

सुर्खेत । पश्चिमी वायु सक्रिय हुँदा कर्णाली र सुदूरपश्चिम प्रदेशमा बदली भएको छ ।

बुधबार विहान पश्चिमबाट प्रवेश गरेको वायुले दुई प्रदेशमा आंशिक प्रभाव पारेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

बादल लागेपनि वर्षा हुने सम्भावना नरहेको महाशाखाका मौसमविद् राजु प्रधानाङ्गाले जानकारी दिए ।

‘आंशिक रुपमा पश्चिमी वायुको प्रभाव दुई प्रदेशमा देखिन्छ,’ मौसमविद् प्रधानाङ्गाले भने, ‘उच्च पहाडी र हिमाली भेगमा राती मध्यम हिमापत हुने सम्भावना रहेको छ ।’ बिहीबारदेखि पश्चिम वायु कमजोर हुने र मौसम सफा हुने उनले बताए ।