भेरीमा बस खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

574
views

सुर्खेत । गुर्भाकोट नगरपालिका–९ गराले बजार नजिकै बस भेरी नदीमा खसेको छ । छिन्चु–जाजरकोट खण्डको गरालेमा तीन बजे बस भेरी नदीमा खसेको जानकारी आएको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधब प्रसाद चौधरीले जानकारी दिए ।

उनकाअनुसार बस छिन्चुबाट जाजरकोट जाँदै वा जाजरकोटबाट छिन्चुतर्फ आउँदै गरेको भन्ने खुलेको छैन् । प्रहरी चौकी वोटेचौर र मेहलकुनाबाट प्रहरी घटनास्थलमा जाँदै गरेकाले केही समयमा विस्तृत विवरण थाहा हुने चौधरीको भनाई छ ।