अपडेट: दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस दुर्घटना हुँदा एकको मृत्यु

538
views

सुर्खेत । दाङबाट रिजर्भ लिन सल्लिबजार जाँदै गरेको बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कालिमाटीहुँदै बोटेचौरबाट सल्लीबजार जादै गरेको बस गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खस्दा एक जनाको मृत्यु भएको गुर्भाकोट नगरपालिका–९ का वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए ।

नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको घटनास्थलमा रहेका वडाध्यक्ष शशिराम भट्टराईले जानकारी दिए । उनकाअनुसार बस नदीमा डुवेको छ । घाइतेको उद्दार गरेर उपचारको लागि मेहलकुना अस्पताल पठाइएको पनि भट्टराइको भनाइ छ ।

‘कालिमाटीबाट रिजर्भ लिन सल्लीबजार जाँदै गरेको बस हो भन्ने जानकारी पाएको छु,’ वडाध्यक्ष भट्टराईले भने, ‘बसमा तीन जना मात्रै सवार रहेको र एक जना भेरी नदीमा वेपत्ता छन् उनको खोजी कार्यमा प्रहरी र स्थानीयहरु जुटेका छन् ।’

छिन्चु-जाजरकोट सडक खण्डमा भएको दुर्घटनामा बस सडकबाट करिव तीन सय मिटर तल खसेको वडाध्यक्ष भट्टराईले बताए । उनकानुसार बस नम्बर खुलेको छैन् भने घाइते, मृत्यु र वेपत्ताको समेत पहिचान खुलेको छैन् ।