प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको जित

510
views

माघ, १, गते । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले विजय हासिल गरेको छ । म्यान्चेस्टर सिटीले ब्राइटनलाई १–० ले हराएको छ । फिल फोडेनले ४४ औं मिनेटमा निर्णायक गोल गर्दै विजयी गराएका हुन् ।

जितपछि अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको म्यानचेस्टर सिटीको १६ खेलबाट ३२ अंक भएको छ । सिटी सबै प्रतियोगितामा गरेर पछिल्ला १४ खेलमा अपराजित रहेको छ । प्रिमियर लिगकै अर्को खेलमा गएराति टोटनह्याम हट्सपर र फुल्हमले १–१ गोलको बराबरी खेलेका छन् ।

टोटनह्यामका ह्यारी केनले पहिलो गोल गरेको खेलमा फुल्हमका इभाँ क्याभेलेइरोले एक गोल फर्काएपछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् । एजेन्सी