कोरोना भाईरसविरुद्ध विश्वका मान्यताप्राप्त खोपहरु

617
views

काठमाडौं, २ माघ । कोरोना भाईरस (कोभिड–१९) विरुद्धको खोप विश्वका केहि देशहरुले लगाउन सुरु गरिसकेका छन् । अझै पनि कोरोना भाईरस संक्रमणले आम नागरिकको जीवन कष्टकर नै छ । विश्वका २० देशहरुमा यस भाईरस विरुद्धको खोप लगाउन शुरु गरिएता पनि कतिपय देशहरु भने खोपको व्यग्र प्रतिक्षामा रहेका छन् ।

हालसम्म विश्व स्वास्थ्य संगठनले बायो एन्टेकको फाइजर खोपलाई मात्रै आपत्कालीन प्रयोगको अनुमति दिएको हो । अमेरिकी खाद्य तथा औषधि प्रशासनले मोर्डना र अष्ट्राजेनिकालाई बेलायत सरकारले अनुमति दिएको छ । योसँगै विश्वव्यापीरुपमा अहिले यिनै फाइजर, मोर्डना दुईवटा खोपले मान्यता पाएका छन् ।

यीबाहेक २० वटा खोप अन्तिम चरणको ट्रायलमा छन् भने ७ वटा खोपलाइ कम्तीमा एक देशको सरकारले प्रयोगको अनुमति दिएका छन् । सम्बन्धित देशले अुनमति दिएसँगै ती देशहरुले खोप प्रयोगमा समेत ल्याइसकेका छन् ।

अहिलेसम्म सम्बन्धित देशका मान्यताप्रप्ता खोपहरुमा फाइजर, मोर्डना, स्पुतनिक भी, सिनोर्फाम, कोभ्याक्सिन, अस्ट्राजेनिका र कोभिसिल्ड रहेका छन् । यीमध्ये कोभ्याक्सिन, अष्ट्राजेनिका र कोभिसिल्ड तीनवटा भारतले उत्पादन गरेको खोप हो ।

भारत सरकारले अष्ट्राजेनिका र कोभ्याक्सिनलाई आपत्कालीन प्रयोगको मान्यता दिइसकेको छ । अष्ट्राजेनिकालाई अमेरिकन खाद्य तथा औषधि प्रशासन एफडीएले मान्यता दिने प्रक्रिया अघि बढाएको छ ।

विश्व स्वास्थ्य संगठन र भ्याक्सिन ट्रयाकरले उल्लेख गरे अनुसार अहिले कोभिड–१९ विरुद्धका पहिलो चरणका ६५ वटा खोप मानवमा, ८५ वटा जीवजन्तुमा ट्रायल परीक्षण भइरहेका छन् । त्यस्तै, दोस्रो चरणमा थोरै मानिसमा र तेस्रो चरणको खोप ट्रायल १ हजारभन्दा माथिको संख्यामा मानिसमा गरिेनेछ । तेस्रो चरणको ट्रायलमा भने खोपको प्रभावकारिता र सुरक्षा मापन गरिन्छ । तेस्रो चरणको ट्रायल सफल भएपछि सम्बन्धित देश र विश्व स्वास्थ्य संगठनले मान्यता दिने प्रक्रिया अघि बढाउँछ ।

विश्वमा अहिले १९ वटा तेस्रो चरणको ट्रायलमा, ३४ वटा दोस्रो, २४ वटा पहिलो चरणको परीक्षण प्रक्रियामा रहेका छन। मानवका लागि बनेका खोपको पहिलो चरणको ट्रायल मुसा र बाँदरमा गरिन्छ । यिनीहरुको जीन मानिससँग मिल्दोजुल्दो भएकाले अधिकांश प्रतिक्रिया मापनका लागि यिनीहरुमा गरिएको हो । दृष्टिबाट साभार