परराष्ट्रमन्त्री ज्ञवाली र जयशंकरबीच भेटवार्ता

645
views

काठमाडौं, २, माघ । तीनदिने भारत भ्रमणमा रहेका पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी एस जयशंकरबीच आज भेटवार्ता भएको छ । नयाँदिल्लीस्थित हैदरावाद हाउसमा दुई समकक्षीविच भेटवार्ता भएको हो ।

भेटमा द्विपक्षीय सम्बन्ध र कोरोना खोप सहयोगका विषयमा केन्द्रित भएर छलफल भएको छ । भेटवार्तामा परराष्ट्र सचिव भरतराज पौड्याल, भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य, भारतीय विदेशसचिव हर्षवर्धन शृङ्गला पनि सहभागी छन् ।