पीएम कप : पुलिस १११ रनमै अलआउट

1492
views

काठमाडौं, ४ माघ । प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत समूह ‘बी’ मा रहेको नेपाल पुलिस क्लब बागमती प्रदेशसाग १११ रनमै अलआउट भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पुलिस १११ रनमै अलआउट भएको हो ।

बागमतीका बलरहरु नन्दन यादव र तिलकराज भण्डारीले उत्कृष्ट बलिङ गरेपछि पुलिस २९.३ ओभर मात्र क्रिजमा टिक्यो । पुलिसका लागि दीपेन्द्र सिंह ऐरी र आरिफ शेखले समान २१ रन बनाए । यस्तै ओपनर सुनिल धमला र कुशल भुर्तेलले समान १७ रन जोडे । बाँकी खेलाडीले दाहोरो अंकमा रन छुन सकेनन् ।

पुलिसलाई अलआउट गर्न बागमतीका नन्दन यादव र तिलकराज भण्डारीले ४(४ विकेट लिए ।

तिलकले ७.३ ओभरमा १ मेडन राख्दै १७ रन मात्र खर्चेर ४ विकेट लिए । नन्दनले ९ ओभरमा १ मेडन राख्दै ३१ रन खर्चेर ४ विकेट लिए । यस्तै रामनरेश गिरीले २ विकेट लिए ।