एन पी घायल र थापा काजीको ‘बेसारे माया’

720
views

विकासराज पौडेल
पर्वत, ४, माघ । बहुप्रतिभाका धनी धौलागिरीका चर्चित हाँस्यकलाकार गजलकार तथा सञ्चारकर्मी निर्मल पौडेल एन पी घायल र सञ्चारकर्मी कलाकार अर्जुन थापाको मौलिक लोक रत्यौली ञबेसारे माया झसार्वजनिक भएको छ । मोफसलमा रहेर सन्चार जगत संगै कलाकारीतामा एक दशक बिताएका पौडेल र थापाको बेसारे माया आर्ट नेपालको युटुब च्यानल बाट सार्वजनिक गरिएको हो । विशेषगरि रत्यौली बिवाहा उत्सवमा बेहुला पक्ष वेहुली लिन घरबाट निस्केपछि महिला आमा दिदिबहिनीले गाएर नाचगान गर्ने प्रचलन रहेको छ ।

पश्चिम नेपालमा रत्यौली लोकप्रिय मानिनुका साथै परम्परा तथा संस्कृती पहिचानको प्रतिकको रुपमा समेत बिद्दमान रहेको पाइन्छ । पछिल्लो समयमा रत्यौली मेला महोत्सव र अन्य विभिन्न उत्सवका कार्यक्रमहरुमा गाइनुका साथै प्रतियोगिताका रुपमा प्रस्तुत गर्ने गरिन्छ ।

महिला आमादिदिबहीनीहरुले मात्र नगाएर दाजुभाइ दिदिबहिनी र प्रेमी प्रेमिकाको बिचमा रत्यौली मार्फत सुखदुःख आदानप्रदान गर्ने समेत गरिन्छ । बेसारे मायामा बैवाहिक उत्सवमा भेट भएका केटा र केटीको बिचमा हुने मपाइत्व अर्थात तँ भन्दा म के कम भन्ने खालको होडबाजी लाई छर्लङ्ग पार्न खोजिएको छ । माया लाएर पनि नलाए जस्तो गर्ने प्रेमी र प्रेमीकाको अन्तर्मनको आशंका लाई उतार्नुका साथै प्रेमील शृङ्गार लाई केन्द्रमा राखेर रत्यौलीमा घमासन गरिएको छ। हाँस्यकलाकारिता,गजल,अन्य साहित्य र पत्रकारीतामा अव्वल एन पी घायलको यो तेस्रो सांगितिक प्रस्तुति रहेको छ ।

शव्दले चोटिलो प्रहार गर्न सक्ने अदभूत क्षमता र प्रतिभाका धनी घायलले यो भन्दा अगाडी थापा काजी संगकै सहकार्यमा ञभन्छ यो मनले कति रुने होझ, ञढल्किनेझजवानी एल्बम बजारमा ल्याइसकेका छन् । कर्णप्रिय संगै जादुमय स्वरका धनी थापा काजी अभिनयमा उत्तीकै पोख्त छन। बेसारे मायामा सुमधुर स्वर थापा र गायिका बिन्दु सुनारको रहेको छ ।

गीतमा अर्जेवा आमा समुहको लय रहेको छ भने बिनोद बाजुरालीले संगीत भरेका छन । आर्ट नेपालले दृश्यनिर्माण गरेको म्युजिक भिडियोको निर्देशन, सम्पादन र छायांकन किसान बिसीले गरेका हुन। भिडियोमा नृत्य निर्देशक तथा कोरियोग्राफर खुम पुन मगर र शुस्मा पाइजा लगायतको उत्कृष्ट अभिनय रहेको छ । बेसारे मायाले धेरै दर्शक श्रोताको माया पाउने अपेक्षा गरिएको छ ।