अमेरिकी अर्थ मन्त्रीमा ज्यानेट यलेनको नाम अनुमोदन

597
views

एजेन्सी । अमेरिकाको अर्थ मन्त्रीमा ज्यानेट यलेनको नाम अमेरिकी माथिल्लो सदन सिनेटले अनुमोदन गरेको छ ।सुनुवाईपछि भएको मतदानमा सिनेटले ज्यानेटको नाम अनुमोदन गरेसँगै उनी अर्थमन्त्री बन्ने पहिलो महिला बनेकी छन् ।

सिनेटको अर्थ समितिमा रहेका डेमोक्रेटिक र रिपब्लिकन दुबै पार्टीका सांसदले उनको नाम अनुमोदन गरेका हुन ।

राष्ट्रपति जो बाइडेनले ज्यानेटलाई अर्थ मन्त्रीको रुपमा मनोनित गरेका थिए । कोरोनाका कारण सिथिल भएको अमेरिकी अर्थतन्त्र उकास्न उनले सहयोग पु(याउने विश्वास गरिएको छ । ज्यानेट सन् २०१४ देखि २०१८ सम्म अमेरिकी केन्द्रीय बैंकको प्रमुख रहेकी थिइन ।