केपी ओलीको सरकार नै विघटनःप्रचण्ड

442
views

धनगढी । नेकपाका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले संसद विघटन नभएको बरु केपी ओलीको सरकार नै विघटन भएको दाबी गरेका छन् ।

शनिबार धनगढीमा आयोजित प्रचण्ड(माधव पक्षको आमसभामा उनले यस्तो दाबी गरेका हुन् । अदालतमा मुद्दा नभइदिएको भए आफूहरुले संसद्‍ बोलाउने र ओलीलाई कारवाही समेत गर्ने दाबी उनको छ ।

अरु प्रतिपक्षी दलहरुले समेत केपी ओलीको कदमलाई अलोकतान्त्रिक भनेकाले प्रधानमन्त्रीले राष्ट्रघात गरेको कुरा संसदबाट पुष्टि गर्नसक्ने प्रचण्डले चेतावनी दिए । यस्तै विकल्पको रुपमा सभामुखले बैठक बालाउनसक्ने प्रचण्डको भनाइ थियो ।

यसबाहेक ओली समूहमा लागेका पूर्वमाओवादीका नेताहरुप्रति आक्रोश पोखेका थिए । धनगढीकै नेता समेत रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई लक्षित गर्दै उनले ुदलालको पनि दलालु भएको संज्ञा दिए ।

ुआफैँले हुर्काएको मान्छे छोप्नै नसकिने गरी दलालको पनि दलाल भएर गए, प्रचण्डले भट्टलाई लक्षित गर्दै व्यंग्य गरेका थिए । उनले प्रधानमन्त्री ओलीलाई दलाल र भट्टलाई दलालको पनि दलाल भन्दै आक्रोश पोखे । यस्तै धनगढीमा सुदूरपश्चिमका ९५ प्रतिशत नेकपाका नेताहरू आफ्नो पक्षमै अडिग रहेको उनले दाबी गरे ।

कार्यक्रममा माधवकुमार नेपाल, भीम रावललगायत नेताले सम्बोधन गरेका छन् ।