चित्रे ग्रामिण होम स्टेमा पत्रकारको जमघट

740
views

पर्वत, १८, माघ । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेमा पर्वतका क्रियाशिल पत्रकारहरु केन्द्रित भए । ग्रामिण क्षेत्रमा आएका पत्रकारलाई चित्रेवासीले स्वागत गरे । गाउँ आएका पत्रकारहरुलाई चित्रे ग्रामिण सामुदायिक होम स्टे व्यवस्थापन समितिले व्यवस्थापन गर्यो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतमा आवद्ध पत्रकारहरु मोदी गाउँपालिका–८ को चित्रे ग्रामिण होम स्टेमा एघारौं साधारण सभा तथा छैठौं अधिबेशनमा उपस्थित भएका थिए ।

माघ १६ र १७ गते दुईदिने कार्यक्रमका लागि आएका सञ्चारकर्मीहरुहरुलाई मोदी गाउँपालिकाले आर्थिक सहयोग, चित्रे ग्रामिण सामुदायिक होमस्टेको व्यवस्थापन समतिले खान बस्नको व्यवस्था र नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले कार्यक्रमको आयोजना गरेको थियो ।

दुईदिने कार्यक्रममा रहेका पत्रकारहरुलाई चित्रेको भजन समुह तथा बाजा समहुले सांस्कृतिक कार्यक्रम देखाएको थियो ।

पत्रकारीता ओझिलो पेशा
नेपाल पत्रकार महासंघ जिल्ला शाखा, पर्वतद्वारा आयोजित साधारण सभाका प्रमुख अतिथि मोदी गाउँपालिककाका अध्यक्ष प्रेम शर्मा पौडेलले सञ्चारजगत बलियो भए राष्ट्रको विकास हुनेमा विश्वास व्यक्त गरे ।

पत्रकारीता जगतले राणाकालिन व्यवस्थाको अन्त्यदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म अग्रमोर्चामा रहेर काम गरिरहेको स्मरण गर्दै अध्यक्ष पौडेलले मोफसलका सञ्चार माध्यमको वृद्धि विकासका लागि साथ र समर्थन रहेको प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले पत्रकारीता पेशा आँफैमा गर्विलो र ओझिलो पेशा भएको बताउँदै पत्रकारले पैसा भन्दा सामाजिक प्रतिष्ठामा रमाउनुपर्नेमा जोड दिए ।

पैशा नै कमाउन अरु पेशा तथा व्यवसाय गर्न सकिन्छ तर प्रतिष्ठा र सम्मानका सम्मानका लागि पत्रकारीता पेशा हो । आवाजविहिनहरुको आवाज राष्ट्र समक्ष पुर्याउन कर्मक्षेत्रमा सन्तुष्ट हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले महासंघ पत्रकारहरुको साझा संस्था भएको उल्लेख गर्दै श्रमजीवि पत्रकारहरुका पक्षमा बोल्दै आएको बताए ।

पौडेलले मुलुकका हरेक परिवर्तनमा पत्रकारीता जगत अग्रमोर्चामा उभिएको बताउँदै सञ्चार माध्यम र सञ्चारकर्मीले जनताको आवाज उठाउन कहिँकतै कमजोरी गर्न नहुनेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतका अध्यक्ष छविलाल तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश पौडेल, नेपाल पत्रकार महासंघ शाखा पर्वतका संस्थापक संयोजक भोलानाथ शर्मा, पूर्व अध्यक्ष ओम प्रसाद घायल, निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, क्रान्तिकारी पत्रकार महासंघका गण्डकी प्रदेश अध्यक्ष एवं केन्द्रिय सदस्य गोपाल जिसी, क्रान्तिकारी पत्रकार संगठनका केन्द्रिय सचिव बैकुण्ठ गिरी, प्रेस संगठनका केन्द्रिय सदस्य गणेश पौडेल, प्रेस संगठन केन्द्रिय अनुशासन आयोगका केन्द्रिय सदस्य सन्तोष थापा, नेपाली लेखक संघका केन्द्रिय सदस्य सरस्वती शर्मा ‘जिज्ञासु’, प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, प्रेस संगठन पर्वतका सह–संयोजक राजबाबु पिसी, प्रेस युनियनका केन्द्रिय सदस्य अगन्धर तिवारी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको स्वागत शाखाका अध्यक्ष प्रनिश गिरी र सञ्चालन सचिव गणेश गिरीले गरेका थिए ।

पत्रकार सम्मानित
नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले शाखाका संस्थापकहरुलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ । उक्र अवसरमा चित्रे होम स्टेका अध्यक्ष शुसिला गुरुङ र समाजसेवी शिक्षक मधुसुदन अधिकारीलाई चित्रे ग्रामिण होम स्टेमा उल्लेख्य योगदान पुर्याएको भन्दै दोसल्ला र पत्रमाण पत्रले सम्मान गरेको छ ।

नेपाल पत्रकार महासंघ पर्वतले वितरण गर्दै आएको सिर्जनशिल पत्रकारीता पुरस्कारबाट साहित्यकार ईन्द्रकुमार विकल्प र स्वर्गिय पत्रकार महेन्द्र केसी (मरणोप्रान्त) लाई नगद, दोसल्ला र प्रमाणपत्रले सम्मान गरेको छ ।