लोकतान्त्रिक खेलकुद संघको प्रदेश र जिल्ला संयोजक घोषणा हुदै

869
views

पोखरा, २०, माघ । नेपाल लोकतान्त्रिक खेलकुद संघको प्रदेश तथा जिल्ला संयोजकहरुको घोषणा पोखरामा हुने भएको छ । संघले ७ प्रदेश र ७७ वटै जिल्ला संयोजकहरुको घोषणा यही माघ २१ गते गर्ने भएको संघका केन्द्रिय अध्यक्ष देवेन्द्रकुमार शेरचनले जानकारी दिए ।

पूर्व सञ्चारमन्त्री, नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेतले संयोजक घोषणा गर्ने कार्यक्रम रहेको उनको भनाई छ ।

सोही दिन प्रदेशमा हुने खेलकुद गतिविधीको पनि जानकारी गराईनेछ । जिल्ला संयोजक घोषणा भईसकेपछि उनिहरुले नै पालिका र वडा संयोजक घोषणा गर्ने अध्यक्ष शेरचनले जानकारी दिए ।

खेलकुद क्षेत्रमा भएको विकृति विसंगति हटाउनका लागि लोकतन्त्रप्रेमी खेलाडीहरुलाई समेट्दै २०७१ सालमा लोकतान्त्रिक खेलकुद संघको स्थापना भएको थियो । संघले स्थापना भएदेखि नै खेलकुद क्षेत्रको विकासमा उल्लेखनिय भूमिका खेल्दै आएको छ ।