दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेः सुनार

470
views

दैलेख । अधिकारकर्मी तिर्थ सुनारले दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेको बताएका छन् ।

नेपाल दलित मुक्ती संगठन दैलेखको जिल्ला भेलामा बोल्दै दलित अधिकारकर्मी सुनारले दलितलाई कथित माथिल्ला जातहरुले थिचोमिचोमा पारेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै सुनारले विकसित देशहरुको तुलनामा कुन जात रकुन धर्म हो भन्ने कुरा को मतलब रहँदैन तर नेपालमा भने शासकहरुले चलाएको दमनले दलित पछि परेका सुनारले जिकिर गरे । उनले भने, ‘अब दलितहरु एक भएर लाग्नुको बिकल्प छैन।

अब कसैको आश,भरोसा र कुनै पार्टी तथा संगठनको पछि नलागेर ब्यक्तिगत रुपमा अग्रसर हुनुपर्ने सुनारको भनाई छ। कार्यक्रममा बोल्दै सुनारले भने, ‘सार्वजनिक सभामा एउटा बोलि बोल्ने आर्दशका भाषण दिने र घरमा छुट्टै व्यवहार गर्ने मानिसहरु विशेष समस्याको रुपमा रहेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै सुनारले जातका आधारमा विभेद तथा छुवाछुतका घटना धेरै घटेपनि गाउँका भलादमिले गाउँमै मुद्दा मिलाउने वा विभिन्न डर धम्कि र प्रलोभनमा पार्ने गरेको सुनिन्छ र आगामि दिनमा यदि त्यसो भएमा डर धम्कि र त्रासमा नपरि प्रहरीसम्म पुग्न र दोषिलाई कार्वाहिको दायरामा ल्याउन कत्ति पछि नपर्न आग्रह गरेका छन् ।