हाल नेपालमा पश्चिमी वायुको प्रभाव

647
views

सुर्खेत । हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ।

सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश लगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भुभागमा आँशिक देखि समान्य बदली रहि वाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भूभागमा विहानपख हुस्सु र कुहिरो लाग्न सक्ने हुदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बुधबार देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भू(भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

बिहीबार पहाडी भूभागमा आँशिक बदली रही बाँकी भुभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । शुक्रबार देशभर आँशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।