संविधानको रक्षाका लागि युद्ध चलिरहेको छ–दाहाल

674
views

काठमाडौं, ११, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा विघटनको विषयमा देशव्यापी चलिरहेको बताएका छन् ।

अध्यक्ष दाहालले ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै ७० वर्षको आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षार्थ विभिन्न ढंगले लडाईं चलिरहेको र अदालतले सही फैसला गर्छ भनेमा पनि विश्वास व्यक्त गरे ।

प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको संज्ञा दिँदै अध्यक्ष दाहालले अहिले भएको आन्दोलनलाई शान्तिपूर्ण युद्ध मान्नुपर्ने बताए ।

पौष ५ गतेदेखि आजसम्म आफूहरू नयाँ युद्ध लडिराखेको र देशव्यापी युद्ध चलिरहेको बताउँदै दाहालले धेरै दुःखले पार्टी एकताबद्ध गरिएको देशमा नयाँ आयाम ल्याउन खोजेको दाबी गरे ।