काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लू भेटियो

520
views

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । बर्डफ्लू देखिएपछि तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटमा बिहीबार साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको छ ।

विक्रम गौतम र कमल गौतमको फार्मबाट ६ हजार ५ सय २५ वटा लेयर्स कुखुरा मारिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकाल जनाकारी दिए । उनले भने ‘हिजो बर्ड फ्लू देखिएको हो ।

विभागमा केन्द्रीय बर्डफ्लू समन्वय समितिको बैठक बसिरहेको छ। अबको केही घण्टामा हामी सबै जानकारी सार्वजनिक गछौं ।’ यस अघि पनि तारकेश्वर नगरपालिका र सुर्खेतमा बर्डफ्लूको सङ्क्रमण देखिएको थियो ।