पाँचपोखरीमा रक क्लाइम्बिङ सुुरु

654
views

सिन्धुपाल्चोक, १४, फागुन । पाँचपोखरी थाङ्गपपाल गाँउपालिका–३ मा रक क्लाइम्बिङ सुरु भएको छ । गाँउपालिकाको छीम्ती भिरमा रक क्लाइम्बिङ सुरु गरिएको वडा अध्यक्ष ङिमा छिरीङ्ग तामाङले जानकारी दिनुभयो ।

छिम्ती भिरमा रक क्लाइम्बिङ, कृत्रिम झरना र भियाब्रता लगायतका योजना एकै ठाँउमा छन् । जुगल रेन्जका हिमाल र गाङ्गछोङम्बा हिमालको दृष्यावलोकन गर्न सकिने सो स्थानमा तीनवटै योजनाहरुको सुरुवात भईसकेपश्चात स्थानीय युवाहरुलाई रोजगारी पाउनुका साथै वडा र गाँउपालिकाले आम्दानी गर्न सक्ने वडा अध्यक्ष तामाङ्गले बताउनुभयो ।

कृत्रिम झरनालाई बहुउद्देश्सीय हुने गरी निर्माण हुन लागेको छ । छिम्ती भिरभन्दा पल्लो भेगमा रहेको देउराली र डुखाङ लगायतका बस्तीमा सिंचाई हुने र झरनाको दृष्यावलोकन गर्न सकिने छ ।

रक क्लाइम्बिङको पनि परीक्षण सुरु भइसकेको छ । भियाब्रताको भने डिपिआर तयार भईसकेको र छिटै काम अगाडी बढाउने योजना रहेको गाँउपलिकाले जनाएको छ ।