वादी समुदायको आन्दोलनमा देजमो नेपालको एक्यबद्धता

630
views

सुर्खेत । फागुन १० गतेदेखि मुख्यमन्त्रि कार्यालय अगाडी आन्दोलनरत वादी समुदायको आन्दोलनलाई क्रान्तिकारी माओवादी सर्मथक देजमो नेपालले ऐक्यवद्धता जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

मान्छे जन्मने वित्तिकै जातभात,लालपुर्जा ल्याएर आउदैन सवै सवै विश्वभरिका जनताले काम गरिखाने अधिकार प्राकृतिक न्याएको सिद्धान्तले दिन्छ क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य दिपक शाहीले भने,‘वादी समुदायले पनि गरि खान पाउनु पर्ने र त्यस्को राज्यले तुरुन्त व्यवस्था गर्नुपर्छ ।

‘अहिले सरकारमा बसेका मन्त्रिहरु नै बालुवाटारको जग्गा कब्जा गर्न उद्धत छन्,‘तर खान नपाउने पिछडिएका वर्ग वादी समुदायका जनतालाई काम गरेर खाने एउटा जग्गासम्म उपलब्ध गराउन नसक्ने अहिलेको सरकार निकम्मा र दलालहरुको सरकार भएको पुष्टि भएको छ ।,

केन्द्रिय सदस्य शाहीले भने,‘आन्दोलनमा आफुहरुको पुर्ण एक्यबद्धता रहेको छ ,‘हामी यो आन्दोलनका निम्ति सम्पुर्ण रुपले सम्पुर्ण राजतीतिक दल र उत्पिडीत वर्ग समुदायका जनतालाई समर्थन गर्न आह्वान गर्दछौँ ।

यो आन्दोलन वादी समुदायको मात्र नभएर सम्पुर्ण उत्पिडीत जनसमुदायको भएको शाहीले बताए । भने,‘यदि राज्यले शान्तीपुर्ण रुपमा मागहरु सम्बोधन गरेन भने जनताले प्रतिरोध गर्ने र जनताका अगाडि सरकार घुँडा टेक्न बाध्य हुने छ ।,

आन्दोलनरत गरिब उत्पिडीत जनताले न्याए पाएनन् भने हामी त्यसका विरुद्ध प्रतिरोध गछौँ र जनताको प्रतिरोध सरकारले सहनुको विकल्प नरहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका सुर्खेत जिल्ला अध्यक्ष तथा क्रान्तिकारी माओवादी प्रदेश कमिटी सदस्य पुर्ण प्रसाद पौडेलले बताए ।

जमिनको व्यवस्था नगरेसम्म मुख्यमन्त्री कार्यालय नछोड्ने सबै अगुवाको अडान छ । निर्वाचनका बेला दलहरुले पूर्जा दिन्छौं भनेर भोट मागे पनि अहिले बेवास्ता गरेको अर्का अगुवा प्रकाश बादीले बताए । ‘जितेपछि नेताहरु फर्केर गएनन,’ उनले भने, ‘उनीहरुलाई चुनावी नारा सम्झाउन पनि आन्दोलन थालेका हौं ।’ उनका अनुसार मुख्यमन्त्री कार्यालय अगाडिको चौरमा झण्डै ४ सय भन्दा बडि बादी समुदायका व्यक्तिहरु धर्नामा बसिरहेका छन् ।

प्रदेश सरकारसँग जीविकोपार्जनको विकल्प माग्न सुर्खेत आइपुगेको ६० वर्षीया लक्ष्मी बादीले बताइन । ‘काम गर्न जग्गा छैन, न मजदुरी नै पाइन्छ,’ उनले भनिन, ‘अझै कति दिन सहेर बस्ने, सरकारले जग्गा नदिएसम्म गाउँ जादैनौं ।’

धर्नाका लागि बालबालिका, ज्येष्ठ नागरिकदेखि गर्भवती र सुत्केरी महिलासमेत आएका छन ।
जमिन दिने अधिकार प्रदेश सरकारलाई नभएकोले जतिदिन आन्दोलनमा रहेपनी भुमी दिन नसकिने मुख्यमन्त्रि महेन्द्र बहादुर शाहीले बताए ।

वादी समुदायका अन्य मागहरुका विषयमा आफुहरु सकारात्मक रहेको शाहीले भने,‘नाना,छाना,खाना प्रदेश सरकारको निती तथा कार्यक्रममा रहेको हुँदा लिखित सम्झौता गरिरहनु नपर्ने शाहीको भनाई छ जान समेत आग्रह गरे।’