निर्माणधिन सिर्जनशील रङ्गसालाको काम तीन महिनादेखि अन्यौलमा

544
views

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा निर्माणधिन फुटबल खेल मैदानको काम विगत तीन महिनादेखि अन्यौलमा परेको छ ।

राष्ट्रिय खेलकुद परिषदको १३ लाख रुपैँया, अर्थ मन्त्रालयको २५ रुपैँया, लाख,सामाजिक विकास मन्त्रालय २५ लाख रुपैँया वीरेन्द्रनगरपालिका ५ को पाँच लाख लगानीमा बन्न लागेको फुटबल मैदान सालको रुखले अवरोध गरेपछि अन्यौलमा परेको हो ।

सिर्जनशील युवा क्लवद्धारा निमार्ण भइरहेको फुटबल खेल मैदान सालको रुखहरुले अवरोध गरेपछि खेलमैदानको काममा ढिलाई भएको स्थानीको भनाई रहेको छ ।

जिल्ला वन कार्यालयले रुख काट्न दिएको छैन,दुइ तीनचोटी निवेदन दिइसकेपनि लागत कठ्ठा आएको छैन,‘स्थानीय राजेन्द्र शाहीले भने,‘भित्तामा रहेका सालका केही रुखहरुले गर्दा खेल मैदानको काममा अबरोध गरेकाले तीन महिनादेखि अन्यौलमा छ ।,

आर्थिक वर्ष २०७७÷०७८ बाट निर्माण भइरहेको फुटबल खेल मैदानको काम सालका रुखहरुले गर्दा बाधा पु¥याएकाले खेल मैदानको काम संचालन हुन नसकेको र आउने बजेट पनि रोकिएको एन्फा कर्णाली प्रदेशका अध्यक्ष प्रमोद हमालले बताए ।

‘सालका रुखहरुले गर्दा खेल मैदानको काममा बाधा पु¥याएको छ,‘ अध्यक्ष हमालले भने, ‘डिभिजन वन कार्यालयमा धेरैपटक गइसक्यौँ तर डिभिजन वन कार्यालयले हाम्रो कुरा सुनुवाई गरेन सोही कारणले आउने बजेट पनि रोकिएको छ ।,

राम जानकी उपभोक्ता समितिले सबै वडाका जनप्रतिनिधि र सम्पुर्ण सरोकारवाला राखेर रुख काट्नुपर्छ खेल मैदानलाई अवरोध ग¥यो भनेर भेलालेनै निर्णय गरेको भएपनि डिभिजन वन कार्यालयको अवरोधले खेल मैदानको काम अगाडी बढ्न नसकेको हमालको भनाई छ ।

फुटबल मैदानको काम सालको रुखहरुले रोकियो भनेर वन उपभोक्ता समितिले डिभिजन वनलाई निवेदन दिदा जनप्रतिनिधि र स्थानीयको सहमति ल्याउनु भनेर सोही अनुसार जादा पनि अनुमति दिन मिल्दैन भन्ने जवाफ दिएको हमालले बताए । जानकि वन उपभोक्ता समितिले ५० वर्षको लागि क्लबलाई लिजमा दिएपछि रुख कटान गर्न पाउनुपर्ने भएपनि वन कार्यालयले काम गर्न नदिएको क्लबले बताएको छ ।

आर्थिक वर्ष २०७७÷०७८ को गएको जेठमा नेपाल सरकारले काट्न नमिल्ने भनेर निर्णय गरेकोले डिभिजन वन कार्यालयले अनुमति दिन नमिल्ने डिभिजन वन कार्यालयका अधिकृत गोविन्द प्रसाद दाहालले बताए ।
‘सालको रुख नेपाल सरकार बाहेक अन्य निकायले काट्न मिल्दैन र बाताबरणि परिक्षण(आईई) गरेर माथि पठाएर प्रदेश सरकारले अनुमति दिए मात्र रुख काट्न पाइन्छ,‘अधिकृत दाहालले भने प्रक्रिया पुरा नगर्दा सम्म हामीले निर्णय गर्न मिल्दैन ।,