कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार छौँः नेपाल

521
views

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गर्न तयार रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठीमा अध्यक्ष नेपालले आफूहरु नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्यका लागि छलफल गर्न तयार रहेको बताए।

वर्तमान राजनीतिक समस्या समाधान गर्न माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड बाधक नबन्ने भन्दै उहाँले मिलेर जानको निम्ति जुनसुकै विकल्पको निम्ति पनि आफूहरु तयार रहेको बताए।

प्रतिगमविरुद्ध संघर्ष गर्ने दलहरु एकताबद्ध भएर बढ्नुको विकल्प नभएको उनको भनाइ छ। ‘नेपाली कांग्रेस र जसपा नेतृत्वलाई भन्न चाहन्छु, बैठक बसौँ, सहकार्य गरौँ। खुला रुपमा छलफल गर्न तयार छौँ।

कुन ढंगले गर्दा हुन्छ हामी सबै अप्शनको निम्ति तयार छौँ। हामी बाधक होइनौँ। हामी समस्या होईनौं। हामी समस्या समाधानको निम्ति तयार छौँ। पार्टीहरु नमिलेर उपाय छैन,ु नेपालले भने।

प्रतिगमनका विरुद्ध संघर्षको मैदानमा उभिएका दलहरु एकताबद्ध भएर अगाडि बढ्नुपर्ने र सँगसँगै जान सकिन्छ भन्ने कुराको विगतमा पनि उदाहरण प्रस्तुत गरेका उनको भनाइ थियो। ुनसकिने कुरा होइन। सहमति ठोस रुपमा गरेर जाने हो भने विवाद मात्रै हुन्छ भन्ने ठान्नु हुँदैन,’ नेपालले भने।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान राजनीतिक समस्या समाधानका निम्ति निर्वाचन आयोगले निष्पक्ष रुपमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को विवाद निरुपण गर्नुपर्ने बताए।

प्रतिगमनविरुद्धमा अघि बढेका शक्तिबीच सहमति गरी सरकार गठन गर्नुपर्ने उनले बताए। सरकारको प्रधानमन्त्री को भन्नेभन्दा पनि प्रणालीलाई संस्थागत गर्नु महत्वपूर्ण कुरा भएको उनको भनाइ थियो।

‘जो प्रतिगमनविरुद्ध, असंवैधानिक कदमविरुद्धमा लोकतन्त्रका लागि अघि बढे। ती सबै शक्ति बसेर सहमति किन नगर्नेरु साझा चिन्ताको आधारमा अर्को सरकार गठन गर्ने। अहिलेको अवस्थामा सरकारको प्रधानमन्त्री को बन्ने भन्दा पनि सिस्टमलाई कसले जोगाउनेरु संघीय लोकतान्त्रिक गणतन्त्रलाई कसले संस्थागत गर्ने त्यो महत्वपूर्ण कुरा हो,’ यादवले भने।

यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमति साथ ओलीबाहेकका शक्तिहरु मिलेर चुनावी सरकार बनाउनुपर्ने बताए। उनले भने, ‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ। त्यस निम्ति हिजो संसद् पुनर्वहाली हुनुपर्छ भन्ने शक्तिहरु सबै मिलेर। त्यसपछि समस्याको समाधान निर्वाचन नै हो। अर्लि इलेक्सन गर्ने। एउटा चुनावी सरकार, केपी ओलीको कित्ता बाहेकको चुनावी सरकार। निर्वाचन गर्ने सहमतिमा बढ्ने अबको विकल्प हो।’