आज महाशिवरात्रि, शक्तिपीठमा भक्तजनको घुइँचो

611
views

काठमाडौं, २७, फागुन । आज महाशिवरात्रिको दिन देशभरका शिवालय देवालयहरुमा आराध्यदेव शिवको पूजाआराधना गरी शिवपर्वत मनाईदै छ । हरेक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने शिवरात्री वैदिक सनातन हिन्दू धर्मावलम्बीहरुले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।

व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ ।