सांसद चौधरीलाई रिहा गर्न सरकार सकारात्मक छः नेम्बाङ

439
views

काठमाडौं । जसपा सांसद रेशम चौधरीलाई रिहा गर्न सरकार सकारात्मक भएको एमाले नेता सुवास नेम्बाङले बताएका छन्।

 

फाईफोटा

प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै नेता नेम्बाङले भने, ‘जसपाको मागलाई लिएर सरकार सकारात्मक छ, कानुनबमोजिम हामी अगाडि बढेका छौं, यसबारे सरकार सदा सर्वदा सकारात्मक छ।

बहुमत गुम्ने खतरा छ भन्ने प्रश्नमा उनले भने, सर्वोच्चको फैसलापछि संसदमा रहेका दलले आफ्नो स्थिति प्रस्ट नगरेका र सरकारलाई दिएको समर्थनबारे पनि नबोलेका र अहिल्यै नै भन्न हतारो हुन्छ।

जसपासँग निरन्तर कुरा भएको र रेशम चौधरीलगायत मधेश आन्दोलनका विषयमा मधेशी दल गम्भीर भएका पनि उनले बताए।