उदयपुरमा शान्तिपूर्ण मतदान मध्यरातसम्म मतपेटिका संकलन

695
views

उदयपुर,१५, असार । ६५ प्रतिशत मतदान भएको उदयपुरमा मध्यरातसम्म मतपेटीका संकलन गरिएको छ । चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तहमध्ये त्रियुगा नगरपालिकामा ६२ प्रतिशत, कटारी नगरपालिकामा ६० प्रतिशत, चौदण्डी नगरपालिकामा ७० प्रतिशत र बेलका नगरपालिकामा ६९ प्रतिशत मत खसेको छ । त्यसैगरी, सुनकोसी गाउँपालिकामा ६१ प्रतिशत, ताप्ली गाउँपालिकामा ६४ प्रतिशत, रौता गाउँपालिकामा ६६ प्रतिशत, उदयपुरगढी गाउँपालिकामा ६४ प्रतिशत मत खसेको छ । मतपेटिका संकलनको काम राति अबेरसम्म चलिरहेकाले बिहीबारबाट मात्र मतगणनाको काम सुरु हुने जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । उदयपुरमा शान्तिपूर्ण र उत्साहपूर्ण तरीकाले मतदानकार्य सम्पन्न भएको छ । जिल्लाका पहाडी भूभागमा रहेका मतदान केन्द्रबाट राति अबेरसम्म पनि मतपेटिका ल्याउने काम भइरहेको जिल्ला निर्वाचन कार्यालय उदयपुरका प्रमुख महेन्द्र कार्कीले बताए ।