राष्ट्रपति भण्डारीले बोलाइन् सर्वदलीय बैठक

600
views

काठमाडौं, ३, चैत्र । राष्ट्रपति विद्यादेवी भण्डारीले आज मंगलवार दिउसो ४ बजे सर्वदलीय बैठक बोलाएकी छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्न ‘संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई बैठकमा बोलाइएको छ ।’

संघीय संसदमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

सत्ता समीकरणको विषयमा दलहरुबीच चरणबद्ध रुपमा छलफल भइरहेको समयमा राष्ट्रपति भण्डारीले सर्वदलीय बैठक आयोजना गर्न लागेकी हुन् ।