सबै स्थानीय तहका भवन बन्दै

781
views

काठमाडौँ,, ६, चैत्र । सरकार अबको तीन वर्षभित्रमा सबै स्थानीय तहका आफ्नै प्रशासनिक भवन निर्माण सम्पन्न गर्ने गरी अगाडी बढेको छ । सम्बन्धित स्थानीय तह र संघीय सरकारको लागत साझेदारीमा स्थानीय तहका प्रशासनिक भवन निर्माण हुन लागेका हुन् । कुल ७५३ स्थानीय तहमध्ये पुराना केही स्थानीय तहबाहेक अधिकांश स्थानीय तहका प्रशासनिक भवन छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागका प्रवक्ता अशोककुमार साहका अनुासर आगामी तीन वर्षभित्र सबै स्थानीय तहले आफ्नै प्रशासनिक भवन निर्माण गरिसक्ने गरी काम धमाधम अगाडि बढाइरहेको बताउनुभयो ।

गत आर्थिक वर्षमा ११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् । अहिले ठेक्का सम्झौता भई ५४ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माणाधीन अवस्थामा छन् । चालू आर्थिक वर्षमा ४१ वटा स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न हुनेछन् ।

सबै स्थानीय तहका प्रशासनिक भवन निर्माणका लागि दुई अर्ब ७० करोड रुपियाँ लाग्ने अनुमान विभागले गरेको छ । चालू आर्थिक वर्षका लागि सरकारले ८० करोड रुपियाँ प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गरेको छ ।