महोत्तरीमा गोली चल्यो, एकजना घाइते

465
views

जनकपुरधाम, १९, चैत्र । महोत्तरीमा अज्ञात समूहले गोली चलाएको छ । गोली लागेर एकजना घाइते भएका छन् । जिल्लाको औरही नगरपालिका–६ बैरियामा अज्ञात समूहले गोली चलाउँदा बर्दिवास नगरपालिका–१ का ३० वर्षीय रोशन कोइराला घाइते भएको जिल्ला प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए ।

कोइरालामाथि बुधबार राति करिब ७ः३० बजेतिर गोली प्रहार भएको थियो, एउटा गोली उनको हातमा र अर्काे कोखामा लागेको आचार्यले बताए ।

गोली प्रहारबाट घाइते भएका कोइरालालाई उपचारका लागि बर्दिवासस्थित जनसेवा अस्पतालमा भर्ना गरिएको छ ।

कोइराला औरहीतर्फ गएको बेलामा एसपी आचार्यले बताए । उनका अनुसार घटना सम्बन्धमा अनुसन्धान भइरहेको छ ।