नेपाल पत्रकार महासंघ पर्वतको पहिलो बैठक सम्पन्न

872
views

यज्ञ बहादुर थापा
पर्वत, २७, चैत्र । नेपाल पत्रकार महासंघ पर्वतको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक बसेकोे छ । निर्वाचित अध्यक्ष सन्तोष थापा नेतृत्व समितिको बैठकले मतदाता, निर्वाचन समिति, निर्वाचनमा खटिने सुरक्षाकर्मीका साथै निर्वाचनलाई व्यवस्थित गर्ने सम्पूर्णमा धन्यवाद ज्ञापन गरेको सचिव राजबाबु पिसीले जानकारी दिए ।

सो अवसरमा निवर्तमान कार्यसमितिले गरेको आर्थिक कारोबार, खातापाता, माईन्युट समेतको बरबुझारत भएको छ ।

नेपाल पत्रकार महासंघ पर्वतको पहिलो बैठकलाई संबोधन गर्दै नवनिर्वाचित अध्यक्ष सन्तोष थापाले जिल्लामा क्रियाशिल श्रमजिवि पत्रकारहरुको हकहितको लागि निरन्तर खटिरहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

थापाले जिल्लामा क्रियाशिल सम्पूर्ण पत्रकारहरुलाई एकतावद्ध गर्दै नेपाल पत्रकार महासंघलाई हरेक क्षेत्रबाट व्यवस्थित बनाउन आफ्नो कार्यसमितिको जोड रहने बताएका छन् ।

नेपाल पत्रकार महासंघको निर्वाचनमा सन्तोष थापा नेतृत्वको प्यानल निर्वाचित भएको थियो । थापा अध्यक्ष रहेको प्यानलमा उपाध्यक्ष, निर्भिक नारायण भुर्तेल उपाध्यक्ष, ईन्दु तिवारी ‘ईन्दु’ महिला उपाध्यक्ष, राजबाबु पिसी सचिव, निर्मल पौडेल सह–सचिव, दिपेश विक समावेशी सह–सचिव, डिल बहादुर विक कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

महासंघको कार्यसमिति सदस्यहरुमा रमा सुवेदी शान्ति, गिता कुमारी शर्मा, विकासराज पौडेल, महेन्द्र बहादुर जिसी, माधव पराजुली, राजन पौडेल, सुवास लामिछाने र दलित सदस्य लक्षमण कुमार सुनार र आदिवासी जनजातीतर्फ ईन्द्रकुमार जोशी निर्वाचित भएका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघको केन्द्रिय परिषद सदस्यमा गणेश पौडेल, रञ्जना खत्री प्रदेश परिषद सदस्यमा लक्षमण सापकोटा, गणेश गिरी कृष्णबहादुर अखेली र ईन्दिरादेवी शर्मा निर्विरोध विजयी भएका थिए ।