पाँचथरका १० वडामा एमाले विजयी

801
views

पाँचथर, १६ असार । पाँचथरका आठ स्थानिय तहका ६० वडामध्ये १३ ओटा वडाको नतिजा घोषणा भएको छ । घोषणा भएका वडा अध्यक्ष पदमा नेकपा (एमाले) ले अग्रता लिएको छ । एमालेले हालसम्म दश ओटा वडा जितेको छ ।

यसबाहेक कांग्रेसले एक, माओवादी केन्द्रले एक र स्वतन्त्रले एउटा वडामा जित निकालेका छन् । याङवरक– १ मा एमालेका मोहन ढुंगेल, हिलिहाङ –१ देखि ३ मा क्रमशस् गोपी भण्डारी, भीम हेम्व्या, मदन गौतम विजयी भएका छन्। फिदिम १४ मा एमालेका भीम फागो, फालेलुङ–१ मा श्री जवेगु, कुम्मायक २ मा वालकृष्ण सेर्मा, तुमेवा– १ मा मोतिराज तामाङ, तुमेवा २ मा पूर्ण पिठाकोटे र तमेवा ३ मा कमल थापा विजयी भएका छन् ।
कांग्रेसका तर्फबाट भने होम आङदेम्बे विजयी भए । फालेलुङ– ८ माओवादी केन्द्रका पदम फागोले विजय प्राप्त गरे । कुम्मायक– १ मा स्वतन्त्र उम्मेद्धवार देवेन्द्र लावीतले विजय प्राप्त गरेका छन् ।
अहिलेसम्म प्राप्त नतिजा अनुसार कांग्रेसले ४ स्थानमा, एमालेले २ र माओवादीले २ स्थानमा अग्रता लिइरहेका छन् ।