ट्याक्टर दुर्घटनामा पाँचको मृत्यु, २२ घाइते

368
views

चितवन, ३०, चैत्र । चितवनको राप्तीमा गएराती ट्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जानको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ११ आमपानीको चिउडे खोलामा ना १ त ६२८२ नम्बरको ट्याक्टर पल्टदा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

आइतबार साँझ ७ः३० बजे पहाडी क्षेत्र थाकलटारबाट चिउडेखोला तर्फआई रहेको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्य थापाले जानकारी दिनुभयो ।

ट्याक्टरमा करिब २५ जना सवार भएको र त्यस मध्य पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । अन्य २२ जना यात्रु घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भिर हरेको प्रहरीले जानकारी दिएको छ ।