आईपीएलमा कोलकाताको विजयी सुरुवात

395
views

काठमाडौं, ३०, चैत्र । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)को १४ औं संस्करणमा विजयी सुरुवात गरेको छ । कोलकाताले हैदरावादलाई १० रनले पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

चेन्नाईस्थित एम चितम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले नितिश राना र राहुल त्रिपाठीको अर्धशतकमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो । कोलकाताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदारावादले २० ओभरमा ५ विकेट गुमाएर १७७ रन मात्र बनायो ।

हैदरावादका लागि मनिस पाण्डे र जोनी बेयर्स्टोले अर्धशतक प्रहार गरे पनि जितका लागि पर्याप्त भएन । मनिसले ४४ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित ६१ रन बनाए । बेयर्स्टोले ४० बल खेल्दै ५ चौका र ३ छक्का मद्दतमा ५५ रन जोडे । अब्दुल सामदले ८ बल खेल्दै २ छक्का मद्दतमा अविजित १९ रन बनाए ।

कोलकाताका प्रसिद कृष्णाले २ विकेट लिए भने शकिब अल हशन, आन्द्रे रसेल र प्याट कमिङ्सले समान १ विकेट लिए ।

त्यसअघि ओपनर नितिश रानाले ८० रन बनाएपछि कोलकताले उच्च स्कोर बनाएको थियो । नितिमले ५६ बल खेल्दै ९ चौका र ४ छक्का प्रहार गरे । यस्तै राहुल त्रिपाठीले २९ बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । विकेटकिपर दिनेश कार्तिकले ९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा अविजित २२ रन जोडे ।

हैदरावादका रासिद खान र मोहम्मद नावीले २(२ विकेट लिए । यस्तै भुवनेश्वर कुमार र टि नटराजनले समान १ विकेट लिए ।