सामुदायिक विव्यस महासंघ पर्वतमा–रिमाल

1038
views

यज्ञ बहादुर थापा
पर्वत, ३०, चैत्र । सामुदायिक विद्यलय व्यवस्थान समिति महासंघ पर्वतको अध्यक्षमा रुद्रमोहन रिमाल निर्वाचित भएका छन् । आईतवार भएको जिल्ला स्तरीय भेलाले रिमालको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समिति निर्वाचित गरेको हो ।

समितिको उपाध्यक्षमा दुर्गा वहादुर नेपाली, सचिवमा सरोज शर्मा वैरागी, सह–सचिवमा सदिक्षा घर्ती, कोषाध्यक्षमा जमुना मल्ल निर्वाचित भएका छन् ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको सदस्यमा विपिन गुरुङ, कमलनाथ पोखरेल, टुकनाथ सापकोटा, बागवीर दमै, सन्तोष कार्की र चुडामणी शर्मा निर्वाचित भएको विद्यालय व्यववस्थापन समिति महासंघ पर्वतका नवनिर्वाचित सचिव सरोज शर्मा वैरागीले जानकारी दिए ।

जिल्ला स्तरीय भेलालाई संबोधन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले सामुदायिक विद्यालयहरुको छाता संगठन पर्वत जिल्लाका सम्पूर्ण विद्यालयहरुको हकहित र शिक्षाको प्रर्वद्धन हकहितमा काम गर्न सुझाव दिए ।

गण्डकी प्रदेशको पर्वतमा छाता महासंघ गठन भएको छ, सामुदायिक विद्यालयमा देखिएको चुनौतिसँगै शिक्षामा देखिएका चुनौतिलाई महासंघले समाधान गर्नेछ भन्ने विश्वास लागेको छ, प्रजिअ गौतमले भने ‘जिल्लाभरका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरुलाई गोलवन्द गरी विद्यालयहरुको हकहितमा लाग्ने उत्प्रेरणा मिलोस् ।’

कार्यक्रममा सामुदायिक विद्यालय व्यवस्थापन समिति गण्डकी प्रदेशका उपाध्यक्ष टिकाराम थापा, प्रदेश सदस्य दुर्गा वहादुर नेपाली, जिल्ला शिक्षा समन्वय ईकाई पर्वतका प्रमुख उदिमराज पौडेल, प्रदेश सदस्य भवानी प्रसाद रिजाल, नरायण मावि कुश्माका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्त वहादुर सिके लगायतले शुभकामना व्यक्र गरेका थिए ।