प्रिमियर लिगः म्यानचेस्टर सँग टोटनह्याम पराजित

597
views

काठमाण्डौ । ( इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई हराएको छ ।

युनाइटेडले टोटनह्यामलाई ३(१ गोलले हराउँदै शीर्ष स्थानको सिटीसँगको दूरी घटाएको छ । युनाइटेडको जितमा फ्रेड, एडिन्सन काभानी र मासोन ग्रिनउडले गोल गरे ।

युनाइटेडले तेस्रो गोल थपिएको समयको अन्तिम मिनेटमा गरेको थियो । हिजोको जितसँगै युनाइटेडको ६३ अङ्क रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको ७४ अङ्क छ ।

गएराति नै भएका अरु खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३(० गोलले हरायो भने वेष्टह्यामले लेस्टर सिटीलाई ३(२ गोलले हराएको छ । वेष्टह्याम ५५ अङ्कसहित चौथो स्थानमा उक्लिएको छ।