पर्वतमा थप तीन जनामा कोरोना पुष्टि

419
views

पर्वत । पर्वतमा बिहीवार थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । लाईफ केयर एण्ड डाईग्नोष्टिक प्रालि पोखरामा गरिएको परिक्षणमा कुश्मा नगरपालिका वडा नं. ६ का एक २८ वर्षिय पुरुष र क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा जलजला गाउँपालिका वडा नं. ३ का ३१ वर्षिया महिला र ३५ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनिहरु तीनै जनालाई आइशोलेशनमा व्यवस्थापन गरिएको छ । यो सँगै पर्वतमा कोरोना संक्रमितको संख्या ४ सय १६ पुगेको छ ।

हालसम्म ३ सय ९७ जना निको भैसकेका छन् भने संक्रिय संक्रमितको संख्या १६ रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।