पाँच हजार ७०६ संक्रमित, १९ को मृत्यु

738
views

काठमाडौं, १८, वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका पाँच हजार ७०६ जना संक्रमित थपिएका छन् ।

१४ हजार ९६९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा पाँच हजार ७०६ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२८७ जना सङ्क्रमित निको भएको उल्लेख गरेको छ । सो अवधिमा १९ जनाको मृत्यु भएको छ ।