हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ प्रशारणमा (भिडियो सहित)

853
views

काठमाडौं, १८, बैशाख । निर्मल शर्मा (गैंडा) द्वारा निर्देशित हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आज बुधबार देखि प्रसारण हुने भएको छ । म्युजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा टेलिचलचित्र हरेक बुधबार साँझ ८ बजे प्रसारण हुनेछ ।

साथै म्युजिक नेपालको युट्युब च्यानल तथा मोमो एपमा समेत सोही दिन साँझ ८ः३० बजे प्रसारण हुनेछ ।

टेलिचलचित्रलाई निर्मल शर्मा र कमल मैनालीले संयुक्त रूपमा निर्देशन गरेका छन् । हास्य टेलशृंखला ‘डन्ट माइन्ड’मा रबि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनिता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमल्सिना, बिश्वमणी घिमिरे, चिज कुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मण सिंह बस्नेत लगायतका चर्चित कलाकारहरुको अभिनय रहेको छ ।

टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन् । सम्पादन गौतमराज खड्काले गरेका छन् भने छायांकन राजु केसीले गरेका हुन् ।