सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादीको निर्णय

400
views

काठमाडौं, २१ वैशाख । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी ओलीले वैशाख २७ गते संसदको विशेष अधिवेशन आह्वान गर्दै विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

सरकारविरुद्ध लामो समय सडकमा आन्दोलन नै चर्काएको माओवादीले औपचारिक रुपमा समर्थन फिर्ता लिने निर्णय गरेको र औपचारिक निर्णयको पत्र बुधबार सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले गरेको छ ।

२०७४ फागुन ३ गते माओवादीको समर्थनमा ओली प्रधानमन्त्री बनेका थिए । माओवादीले वैशाख २७ गते आह्वान भएको संसद् अधिवेशन असंवैधानिक भएको ठहरसमेत गरेको छ । माओवादी पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो ठहर गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।