पछिल्लो २४ घण्टामा ५८ को मृत्यु, ८ हजार ६५९ संक्रमित

362
views

काठमाडौं, २२, बैशाख । पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट ५८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको छ । मन्त्रालयका अनुसार २४ घण्टामा २० हजार ७५६ जनाको पीसीआर गर्दा ८ हजार ६०५ जना र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

कुल २१ हजार ३७२ जनाको परीक्षण गर्दा ८ हजार ६५९ जनामा संक्रमण भएको हो । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ जना रहेका छन् । संक्रमितको कुल संख्या भने तीन लाख ५९ हजार ६१० पुगेको छ ।

मन्त्रालयका अनुसार २४ घण्टामा १९ सय ९३ जनाले कोरोना जितेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या दुई लाख ८९ हजार ७८३ पुगेको छ ।