खाद्य र साल्ट ट्रेडिङको सेवा घरदैलोमा

763
views

काठमाडौँ, २७, वैशाख । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले निषेधाज्ञाको समयमा उपभोक्तालाई समस्या हुनसक्ने भन्दै आफ्ना बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री गरेका छन् ।

खाद्य कम्पनीले आफ्ना चारवटा बिक्री केन्द्रमार्फत र साल्ट ट्रेडिङले आफ्ना छवटा बिक्री केन्द्र र तीनवटा मोबाइल भ्यानमार्फत खाद्यान्न बिक्री वितरण गरेका हुन् ।

खाद्य कम्पनीले सोमबारबाट आफ्ना चारवटा बिक्री केन्द्रबाट साल्ट ट्रेडिङसँगको सहकार्यमा ग्यास पनि बिक्री गर्दै छन् । कम्पनीले चामल, कर्णालीको सिमी, घिउ, तेल, पिठो, गेडागुडी, सेनिटाइजर र साल्ट ट्रेडिङसँग मिलेर ग्यास पनि बिक्री गर्न थालेको हो ।

कम्पनीले थापाथली र नक्खुमा बिहान ७ः०० देखि साँझ ७ः०० बजेसम्म बिक्रीको व्यवस्था गरेको छ भने रामशाह पथ र भक्तपुरको सूर्यविनायकमा बिहान ७ः०० देखि १०ः०० बजेसम्म यी सामान बिक्रीको प्रबन्ध गरिएको कम्पनीका सूचना अधिकारी शर्मिला सुवेदीले जानकारी दिईन् ।