नेपाललाई १० लाख डोज खोप दिने चिनियाँ राष्ट्रपतिको घोषणा

691
views

काठमाडौं, १२ जेठ । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ । बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् ।

दुई राष्ट्रपतिबीचको टेलिफोन संवादपछि नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले चीनले नेपाललाई अनुदानमा खोप दिएको घोषणा गरेकी हुन् ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यसअघि चीनले नेपाललाई ८ लाख डोज भेरोसेल खोप अनुदानमा उपलब्ध गराएको थियो ।