जनउद्धार केन्द्र मलेसियाद्धारा ६५ थान मोबाईल भेन्टिलेटर सहयोग

781
views

काठमाडौं, १७, असार । जनउद्धार केन्द्र मलेसियाले उपलब्ध गराएको ६५ थान मोबाईल भेन्टिलेटर नेपाल आइपुगेको छ । २८ लाख रुपैया बराबरको भेन्टिलेटर जुन २९ तारीख अर्थात गत असार १५ गते मा खरिद गरेर हंकङ्ग हुँदै नेपाल पठाईएको थियो ।

नेपाल भित्रिईसकेपछि आजै जनउद्धार केन्द्र मलेसियाका नेपाल प्रतिनिधि मुकुट रायमाझी र बरिष्ठ हास्य कलाकार कलाकार मनोज गजुरेलमार्फत स्वास्थ तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । हस्तातन्तरण गर्दै नेपाल प्रतिनिधि रायमाझीले भेन्टीलेटर खरिदका सम्पूर्ण सहयोगीहरुमा हार्दिक धन्यबाद व्यक्त गरे ।

सोही अबसरमा बरिष्ठ हाँस्य कलाकार गजुरेलले पनि बिदेशी भुमिमा पसिना बगाउदै गर्दा आफ्नो देहप्रति देखाएको मायालाई राज्यले पनि कदर गर्नुपर्ने बताए ।