युरो कप सेमिफाइनलको अन्तिममा इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क

715
views

काठमाण्डौ । युरो कप फुटबलको सेमिफाइनल समीकरण पूरा हुँदा इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क अन्तिम चरणमा पुगेका छन् । युरोपका विभिन्न ११ सहरमा भइरहेको १६ औं संस्करणको युरो कप फुटबलमा गएराति इङ्ल्यान्ड र युक्रेनबीचको खेल सकिएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

गएराति भएको खेलमा युक्रेनलाई ४–० गोलले पराजित गर्दै इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको छ । यस्तै चेक रिपब्लिकलाई हराउँदै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको छ ।

चेक रिपब्लिकलाई २–१ गोलले पराजित गर्दै डेनमार्क सेमिफाइनलमा प्रवेश गरेको हो । यस्तै इङ्ग्ल्यान्डले युक्रेनलाई ४–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

गएरातिको खेलसँगै इङ्ग्ल्यान्ड, इटली, स्पेन र डेनमार्क युरो कपको अन्तिम चारमा प्रवेश गर्न सफल भएका छन् । अब इटली र स्पेनबीचको खेल बुधवार राति पौने १ बजे हुनेछ भने डेनमार्कले इङ्ग्ल्यान्डसँग बिहीवार राति पौने १ बजे प्रतिस्पर्धा गर्ने भएको छ ।