फेवा वेगनासको पद हस्तान्तरण

521
views

असार, २०, पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शनिबार पोखरामा आयोजित कार्यक्रममा लायन वर्ष २०२०÷२०२१ का अध्यक्ष शंकर पाण्डेले वर्ष २०२१/२२ को अध्यक्ष महेश्वर रिमाललाई पद तथा माइन्युट हस्तान्तरण गरेका हुन् । पदभार ग्रहण गर्दै अध्यक्ष रिमालले सबै साथीको सहयोगबाट आफ्नो कार्यकाल सफल बनाउने प्रतिबद्धता जनाए ।

क्लबका संस्थापक अध्यक्ष तथा लायन्स क्लब अफ डिष्ट्रिक ३२५ बि १ नेपालका क्लष्टर प्रमुख सन्तोष घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै उनले रिमालको नेतृत्वमा क्लबको गरिमा अझै उचाइमा पु¥याउने आशा व्यक्त गरे । क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक पिआरओ टंक ढकालले महत्वपूर्ण कार्यक्रम मार्फत क्लबको पहिचान बढाउन सबै लाग्नुपर्ने बताए ।

वर्ष २०२१-२२ को लागि क्लबको प्रथम उपाध्यक्षमा राजाराम पौडेल, द्वितीय उपाध्यक्षमा कृष्ण प्रसाद आचार्य, तृतीय उपाध्यक्षमा राजेश ढुंगाना, सचिवमा चित्र गुरुङ, क्लब एडमिनिस्टेटरमा अनुप बराल, कोषाध्यक्षमा टिका बहादुर लम्साल, सहसचिवमा महेश सुनार र सहकोषाध्यक्षमा लेखनाथ सुवेदी रहेका छन् ।

यसैगरी क्लब निर्देशकमा घनश्याम आचार्य, जीवन कार्की, दिपक भण्डारी, प्रवेश उप्रेती, ऋषिराम खनाल, हेमराज तिवारी, नवराज अधिकारी र मिन नेपाली छन् । लायन वर्ष २०१६÷२०१७ मा स्थापना भएको यस क्लबको नेतृत्व सन्तोष घिमिरे, पुरुषोत्तम राज भण्डारी, विधान गौतम, टंक ढकाल तथा शंकर पाण्डेले पुरा गरे ।

क्लबका लायन वर्ष २०२०÷२१ का अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा आयोजित कार्यक्रममा कोषाध्यक्ष अनुप बरालले क्लवको आयव्यय सार्वजनिक गरे । पद तथा माइन्युट हस्तान्तरण् कार्यक्रम सचिव चित्र बहादुर गुरुङले सञ्चालन गरेका थिए ।