चौरपाटी गाउँपालिकामा १ मतले एमाले विजयी

523
views

मंगलसेन, १८ असार । अछामको चौरपाटी गाउँपालिका प्रमुखमा १ मतले एमालेका उम्मेदवार विजयी बनेका छन् ।
उपप्रमुखमा भने नेपाली कांग्रेका उम्मेदवार ७२ मतले विजय भएका छन् । एमालेका प्रमुख पदका उम्मेदवार हर्कबहादुर साउदले ३ हजार १ सय ३८ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भीमबहादुर साउदले ३ हजार १ सय ३७ मत प्राप्त गरेका छन् ।
उप प्रमुखमा नेपाली कांग्रेसकी माया कुँवरले ३ हजार १ सय ७३ तथा एमालेकी उम्मेदवार सुशीला बोगटीले ३ हजार १ सय १ मत प्राप्त गरेका छन् ।
पूर्व सभासद् समते रहेका एमाले जिल्ला अध्यक्ष शेरबहादुर कुँवरको वडा नम्बर ४ पायलमा धाँदलीपूर्ण ढंगले मतदान भएको भनी कांग्रेस र माओवादीले मतदान प्रक्रिया नै रद्द गर्न माग गरेर लिखित निवेदन दिए पनि निर्वाचन आयोगले मत गणना गर्नु भनी आदेश दिएपछि हिजोबाट मात्र मतगणना सुरु भएको थियो । ६ वटा वडा रहेको चौरपाटीमा एमाले र कांग्रेसले ३–३ वडामा जितेका छन् ।