एमाले नेपाल समूहको बैठक डल्लुमा

948
views

काठमाडौं, ४, साउन । नेकपा एमाले माधव नेपाल समुहको बैठक डल्लुमा चलिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटी बैठकमा नगएको यो समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

आइतबार माधव नेपाल सहित २२ जनाले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए । देउवालाई विश्वासको मत दिने सांसदहरुलाई अध्यक्ष ओलीले २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

ओलीले सोधेको स्पष्टीकरण, एकता प्रक्रिया र आगामी राजनीतिक कोर्सबारे छलफल गर्न नेताहरु छफलमा जुटेका हुन् ।