दैलेखको स्वास्थ्य चौकीमा तोडफोड, औषधि र ल्यापटप चोरी

514
views

दैलेख, १९, साउन । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने आठबीस नगरपालिका–५ पिपलकोटमा रहेको स्वास्थ्य चौकीमा अज्ञात समुहले तोडफोड गरेको छ । दुर्गम गाउँमा रहेको स्वास्थ्य चौकी तोडफोड गरेर ल्यापटपसहित औषधि लगायतका सामग्री चोरी भएको आठबीस नगरपालिका–५ का वडाध्यक्ष कर्णबहादुर आलेले जानकारी दिए ।

स्वास्थ्य चौकीको केही हप्ताअघि खरिद गरिएको ल्यापटप, सोलारका सामग्री, मास्क, स्यानीटाइजर, न्यानो झोला, साबुन, कोलगेट, मापी डट्पेन चोरी भएको वडाध्यक्ष आलेले बताए ।

उनका अनुसार प्रारम्भिक रुपमा स्वास्थ्य चौकीमा झण्डै ३ लाख बराबरको क्षति भएको छ । ‘सोमवार राती नै स्वास्थ्य चौकी तोडफोड भएको हुनसक्छ, ।

स्वास्थ्य चौकीका लागि नयाँ भवन निर्माणको काम चलिरहेको बेला विहान कामदारहरु आएर निर्माण सामग्रीहरु निकाल्न भवनको मुल ढोका खोल्दा भित्र तोडफोड हुनुका साथै सामान चोरी भएको थाहा भएको हो ।