सरकार सञ्चालनको न्यूनतम साझा नीति तथा कार्यक्रम सार्वजनिक

623
views

काठमाडौं, २४, साउन । सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि तयार गरेको न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताको उपस्थितिमा न्यूनतम साझा कार्यक्रम र कार्यविधि सार्वजनिक गरिएको हो । गठबन्धन कार्यदलका संयोजक तथा नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले साझा नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

पाँचदलीय गठबन्धनद्वारा सरकार सञ्चालनमा सघाउन नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा सोही दलका नेताद्वय मीनेन्द्र रिजाल र रमेश लेखक, नेकपा (माओवादी केन्द्र) बाट वर्षमान पुन र देव गुरुङ, जनता समाजवादी पार्टीबाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ रहेको कार्यदल गठन गरिएको थियो ।