लुम्बिनीमा मुख्यमन्त्रीसहित सात मन्त्रिले लिए सपथ

382
views

बुटवल, २९, साउन । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी (सोनाम) सहित सात मन्त्रीले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले विहीवार दिउँसो लुम्विनी प्रदेश नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता केसीलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री नियुक्त भएको तीन घण्टापछि केसीले सपथ लिएका थिए । उनले विहिवार साँझ पद तथा गोपनियताको सपथ लिएसगै सात सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

नयाँमन्त्रीमा नेपाली कांग्रेसका डिल्लीवहादुर चौधरी ग्रामीण तथा शहरी विकास मन्त्री, जनता समाजबादी पार्टीबाट सहसराम यादवले भौतिक पूर्वाधार विकास मन्त्री र नेकपा माओवादीका कृष्णध्वज खडकाले आन्तरिक मामिला तथा कानुन मन्त्रीको रुपमा सपथ लिए ।

जसपाकी पुरमती ढेंगा र सुमन शर्मा तथा नवलपरासीबाट सूर्य चिन्ह लिएर चुनाव जित्नुभएका अजय शाहीले विना विभागीय मन्त्रीको रुपमा सपथ लिएका छन् ।