बेन्जेमाको दुई गोलमा रियलको जित

365
views

एजेन्सी, ३१, साउन । करिम बेन्जेमाको दुई गोलमा रियल म्याड्रिडले स्पेनी ला लिगाको आफ्नो पहिलो खेलमा शनिबार एलाभेसलाई ४–१ ले हराएको छ । यस खेलसँगै रियलका लागि प्रशिक्षक कार्लो एन्सेलोटी र गेराथ बेल पनि टिममा फर्केका छन् ।

रियलले नाचोको गोलमा अग्रता लिएको थियो । उसका लागि चौथो गोल भिनियसल जुनियरले गरे । एलाभेसका लागि जोलेसले एक सान्त्वना गोल फर्काए ।

शनिबारका अन्य खेलमा काडिजले लेभान्टेसँग १–१, रियल मार्लोकाले रियल बेटिससँग १–१ तथा ओसासुनाले इस्पान्योलसँग गोलरहित बराबरी खेले ।